मंगलबार, फागुन २६, २०८२

लामो समयपछि हङकङमा देखिए चिनियाँ अर्बपति ज्याक मा

लामो समयपछि चिनियाँ अर्बपति ज्याक मा हङकङमा देखिएका छन्।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

National life
Laxmi sunrise bank
kumari

बेइजिङ- लामो समयपछि चिनियाँ अर्बपति ज्याक मा हङकङमा देखिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार हङकङमा केही कारोबारी सहयोगीका साथ खाना खाने समयमा उनको भेट भएको हो ।

गत वर्ष अक्टोबरमा चीन सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा लामो समय बेपत्ता पारिएका थिए। विश्वभर चीन सरकारले ज्याक मालाई बेपत्ता पारेको भन्दै आलोचना भएपछि उनलाई सार्वजनिक गरिएको थियो।

त्यसयता उनी अधिकांश समय सार्वजनिक भएका छैनन्। अलिबाबाका संस्थापकसमेत रहेका ज्याक मा चिनियाँ अधिकारीविरुद्ध आवाज उठाएपछि पीडित बनेका हुन्। उनले सन् २०२० मा एक बिजनेस फोरमलाई सम्बोधन गर्दै चिनियाँ नियामक प्रणालीमाथि प्रश्न उठाएका थिए।

उनलाई चिनियाँ सरकारले एन्ट ग्रुप फिनटेक आर्मको ३७ अर्ब डलरको आईपीओबाट पनि निलम्बन गरिएको थियो। अक्टोबरमा नै उनको कम्पनीमाथि अनुसन्धान सुरु गरिएको थियो। उक्त कम्पनीलाई चिनियाँ अनलाइन डिभिजनबाट पनि अलग गरिएको छ।

उनी महिनौंसम्म किन हराइरहेका छन् भन्ने विषयमा उनको कम्पनी अलिबाबाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। ज्याक माले पनि यस विषयमा कुनै प्रष्टीकरण दिएका छैनन्।

प्रकाशित: Oct 13, 2021| 10:08 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।