सोमबार, असार २९, २०८३

अाजका अखबार : 'घर मिचेर सडक नबढाउनू'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबार राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

नेपाल वायुसेवा निगमले २८० सिट क्षमताको वाइडबडी जहाज भित्राएको प्रसंगदेखि सर्वोच्च अदालतले घर मिचेर सडक नबढाउन आदेश दिएको विषयसम्मलाई आजका अखबारहरुले मुख्य समाचार बनाएका छन् । 

'वाइडबडी जहाजः फराकिलो गन्तव्य' शीर्षकमा मुख्य साचार छापेको आजको नयाँ पत्रिकाले निगमको जहाज यात्राको वर्णन गरेको छ । निगमले नयाँ जहाज आएसंगै कतार दुबईदेखि अष्ट्रेलिया, लण्डनसम्मको सिधा उडान थाल्ने तयारी गरेको नयाँ पत्रिकाले लेखेको छ । 

वाइडबडी जहाज आएको विषयलाई एङ्कर न्युज बनाएको आजको कान्तिपुर दैनिकले वर्षासंगै गएको पहिरोले धादिङमा ९ घर बगाउदा ५ जनाको मृत्यु भएको विषयलाई मुख्य समाचार बनाएको छ ।

नागरिक दैनिकले पहिरोले पाँच जनाको ज्यान लिएको विषयलाई पहिलो पृष्ठमा सामान्य खबर बनाएको छ भने सर्वोच्च अदालतले घर मिचेर सडक नबढाउन आदेश दिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

समाचारमा लेखिएको छ – सर्वोच्च अदालतले सार्वजनिक बाटो बनाउँदा पहिले जग्गा लिएरमात्र सडक सिमा तोक्न सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की, पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले बाटो विस्तारविरुद्ध परेको मुद्दामा कसैलाई पनि आवासको हकबाट वञ्चित नगर्न सरकारका नाममा आदेश जारी गरेको हो । 

नागरिक दैनिकले १० महिनामा २४ अर्बको चामल आयात भएको विषयलाई पनि महत्वका साथ पहिलो पृष्ठमा छापेको छ । यस्तै अन्नपूर्ण पोस्टले एकिकृत बस्ति विकास कार्यक्रम सुस्त भएको विषयलाई मुख्य समाचार बनाएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।