आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाइडेनको ज्यान बचाउने अमन खलीलीको परिवारले छोड्यो अफगानिस्तान

बाइडेनको ज्यान बचाउने अमन खलीलीको परिवारले छोड्यो अफगानिस्तान

एक समय अमेरिकी राष्ट्रपति जो बाइडेनको ज्यान बचाउने दोभाषी अमन खलीलीको परिवारले अफगानिस्तान छोडेको छ।
 |  मंगलबार, असोज २६, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज २६, २०७८

काबुल- एक समय अमेरिकी राष्ट्रपति जो बाइडेनको ज्यान बचाउने दोभाषी अमन खलीलीको परिवारले अफगानिस्तान छोडेको छ। 

National life

सन् २००८ को हिउँदमा चलेको हिउँसहितको आँधीका कारण अमेरिकी सेनाको हेलिकोप्टर एक हिउँ जमेको घाँटीमा अवतरण गर्न बाध्य भएको थियो। 

अमेरिकी सेनाको उक्त हेलिकोप्टरमा जो बाइडेन पनि थिए। बाइडेन त्यस समय सांसद् रहेका थिए। जुन घाँटीमा अमेरिकी सेनाको हेलिकोप्टर अवतरण भएको थियो, त्यो ठाउँ सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील रहेको थियो। 

त्यस समय अमेरिकी सरकारका केही अफगान स्टाफले जो बाइडेनसहितका अन्य सांसद्हरुलाई सुरक्षित फिर्ता पठाउनका लागि सहयोग गरेका थिए। उक्त टोलीमा अमन खलीली पनि सहभागी थिए। 

तीनै खलीलीले पछिल्लो समय तालिबानले अफगानिस्तान कब्जा गरेपछि मुलुक छोडेका छन्। अगस्त १५ मा तालिबानले अफगानिस्तान कब्जा गरेको घोषणा गरेको थियो। 

Laxmi sunrise bank
kumari

अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि नै खलीलीले नै अफगानिस्तान छोड्‍नका लागि अपिल गरेका थिए। अफगानिस्तानमा तालिबानी कब्जाको करिब दुई महिनापछि अलीलीलाई अफगानिस्तान बाहिर निकालिएको हो। 

उनलाई उनको परिवारसहित बाहिर निकालिएको हो। उनीसँगै अफगानिस्तान छोड्‍न चाहेका हजारौं अफगानीहरुलाई पनि अफगानिस्तानबाट बाहिर निकाल्‍ने बताइएको छ। 

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले अमन खलीली र उनको परीवारलाई सुरक्षित बाहिर निकाल्‍न सफल भएको जनाएको छ। 

तालिबानले मुलुकमा कब्जा गरिसकेपछि आफूविरुद्ध लागेका अफगानी लडाकू र अन्य न्यायाधीशहरुलाई खोजी गरिरहेको बताइएको थियो। 

प्रकाशित: Oct 12, 2021| 20:00 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।