बिहीबार, भदौ ४, २०८३

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट दाङको लमहीमा एक बालकको ज्यान गएको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

दाङ- बसको ठक्करबाट दाङको लमहीमा एक बालकको ज्यान गएको छ। बसको ठक्करबाट राप्ती गाउपालिका-६ सगरापुरका सन्दीप चोधरीका चार वषीर्य छोरा दुर्गाप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरीक्षक पुरन मल्लले जानकारी दिए। 

उनकाअनुसार चितवनबाट बर्दिया तर्फ जाँदै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पूर्व पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका–३ को अर्नहवामा बालकलाई ठक्कर दिएको हो। 

ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियनत्रणमा लिएको छ भने मृतकका आफन्तहरूले अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

 






प्रकाशित: Oct 12, 2021| 18:24 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।