बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुगु बस दुर्घटना: मृत्यु हुनेको संख्या ३२ पुग्‍यो, घाइतेको नेपालगञ्‍ज र कोहलपुरमा उपचार हुँदै

मुगु बस दुर्घटना: मृत्यु हुनेको संख्या ३२ पुग्‍यो, घाइतेको नेपालगञ्‍ज र कोहलपुरमा उपचार हुँदै

मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्लाअधिकारी रोमबहादुर महतले जानकनरी दिएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं-  मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्लाअधिकारी रोमबहादुर महतले जानकनरी दिएका छन्। 

थप चार जनाको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन्। 

प्रजिअ महतका अनुसार घाइते १६ जनालाई उपचारका लागि नेपालगञ्‍ज र कोहलपुर पठाएको बताइएको छ। एक जना बालकको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाँकेको नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो।

तीन जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ। 

प्रहरी चेकपोष्टमा टिपाएको विवरण अनुसार गाडीमा ४३ जना यात्रु सवार रहेको पाइएको छ। तर बाटोमा सवारी थपिएका कारण गाडीमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।

प्रकाशित: Oct 12, 2021| 18:23 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।