सोमबार, फागुन १८, २०८२

तराईमा सबैको साझा बन्दै दसैं

पहिले–पहिले छठलाई विशेष पर्वका रुपमा मनाउने उनी आजकाल दसैंका लागि पनि विशेष योजना बनाउँछन्। आफू भन्दा ठूलाबाट दसैंमा टीका थापेर आशिष लिने रिवाज महतोलाई विशेष लाग्ने गर्छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

महोत्तरी- महोत्तरी पशुपतिनगरका धनीराम महतो दसैंलाई पनि छठ जस्तै रमाइलो गरी मनाउँछन्। पहिले–पहिले छठलाई विशेष पर्वका रुपमा मनाउने उनी आजकाल दसैंका लागि पनि विशेष योजना बनाउँछन्। आफू भन्दा ठूलाबाट दसैंमा टीका थापेर आशिष लिने रिवाज महतोलाई विशेष लाग्ने गर्छ।

महतो जस्तै बर्दिबास पथलैयाका रामसेवकले पनि दसैं फरक तरिकाले मनाउने तयारी गरेका छन्। दसैं मनाउनेगरी उनको परिवारका सबै सदस्य घरमा भेला पनि भइसकेका छन्। सबैजना एकै ठाउँमा भेला हुने भएकाले उनले यो पर्व विशेष लाग्ने गर्छ। 

पहाडे तथा तराइबासीको सँस्कृतिहरूको अन्तरघुलनले अहिले हरेक चाडपर्व सबैको साझा बन्न थालेको उनको अनुभव छ। अघिल्लो वर्षको दसैं कोरोना माहामारीका कारण निकै खल्लो बन्यो। मन्दिर तथा शक्तिपीठहरूमा पूजाआजा बन्द भएको र छरछिमेक, नातेदारहरूको घरमा समेत टीका थाप्न जान नपाएका कारण देशभर नै यसवर्षको दसैं विशेष बनेको छ। 

मुस्लिम समुदायमा पनि दसैं रौनक

मुस्लिम समुदायमा पनि दसैंको रौनक छ। मुस्लिमहरूको बाहुल्यता रहेको महोत्तरीस्थित सम्सी गाउँपालिकामा छिमेकका हिन्दुहरूले मनाउने पर्वमा आफुहरू पनि सहभागी बन्ने गरेको मोहम्मद फरान बताउँछन्। ‘हामी निराहार बसेर पर्व मनाउछौं तर दसैंमा मीठो–मीठो खाएर मनाइन्छ। यसैमा त छ मज्जा।’ उनी भन्छन्।

kumari

तराईमा छठ पर्वको अली बढी नै महत्व हुने भए पनि पशुपतीनगर, किसाननगर, पथलैयाका बासिन्दा दसैं पनि छठ जत्तिकै धुमधामका साथ मनाउँछन्। उनीहरुले यस वर्ष घटस्थापनाका दिन दुर्गा मन्दिरमा कलश यात्रा समेत गरेका छन्।

पहिला र अहिलेको तुलनामा तराइमा पर्व मनाउने तरिका फरक बन्दै गएको धेरैको बुझाइ छ। पहिले तराईमा दसैंको महत्व खासै नहुने भए पनि अहिले छठभन्दा पनि दसैंको महत्व बढी हुने गरेको धेरैको बुझाइ छ। 

दसैंलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूले समेत जिल्लामा सुरक्षित वातावरण सुनिश्चित गर्न योजना बनाएका छन्। दसै अवधीभर कुनै अप्रिय घटना रोक्न हरेक पालिकामा हेल्पडेस्क र सुरक्षाकर्मीहरुलाई थप संवेदनशील बन्न निर्देश दिएको महोत्तरीका प्रवक्ता दिनेश आचार्यले जानकारी दिए। - न्युज कारखाना

प्रकाशित: Oct 12, 2021| 18:15 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।