सुर्खेत- मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। सबैको घटनास्थलमै मृत्यु भएको मुगुका प्रमुख जिल्लाअधिकारी रोमबहादुर महतले जानकनरी दिएका छन्।
‘मृतको संख्या २८ जना पुगेको छ, सबैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याएका छौँ,' महतले भने, ‘१५ जना घाइतेलाई समिट र नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज पठायौं।’
एक जना बालकको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाँकेको नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो।
प्रहरी चेकपोष्टमा टिपाएको विवरण अनुसार गाडीमा ४३ जना यात्रु सवार रहेको पाइएको छ। तर बाटोमा सवारी थपिएका कारण गाडीमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।