बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दसैं मनाउन फर्किँदै परदेशी, सीमामा सुरक्षा सतर्कता बढाइयो

दसैं मनाउन फर्किँदै परदेशी, सीमामा सुरक्षा सतर्कता बढाइयो

नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ।

सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो। गत दुई साता यता कञ्‍चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। 

गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सीमानाकाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताए। स्वदेश फर्किनेको भीड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको बताए।

उनले भने, ‘नेपाली नागरिकहरु भारत जाने भन्दा पनि आउनेको संख्या नै बढी छ, विगत दुई हप्ता यता आउनेको संख्या बढेको छ र जानेको संख्या एक्कासी घटेको छ, अहिले दिनमा ६ देखि ८ सय हाराहारीमा आइरहेका छन, जानेको संख्या डेढसयदेखि २ सय जना छन्, पहिला जानेको संख्या ३ देखि ४ हजारसम्म हुन्थ्यो भने, ४ देखि ५ सयसम्म हुन्थ्यो, बाजुरा, अछाम, विकट ठाउँका नेपालीहरु रोजगारीको लागि जाने गरेका छन् ।’

भारतको दिल्ली, मुम्बइ, महाराष्ट्र, पन्जाब, पुने, बैङ्गलोर, सिमला, हरिद्वारलगायतका शहरमा नेपाली रोजगारीका लागि सदियौँदेखि आउने जाने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताए।

उनले भारतबाट गाउँ फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई पनि तीव्रता दिइएको बताएका छन्। उनले कोरोनाका साथै नेपाल फर्किनेहरुको सीमामा मलेरिया र एचआईभीको परिक्षण पनि गरिएको बताए।

उनले भने, ‘परीक्षणको दायरा हामीले दिनप्रतिदिन बढाइरहेका छौँ,शुरुमा कोभिड १९ लाई फोकस गरेर कोरोना मात्र टेस्ट गरिरहेका थियौँ भने बीचदेखि मलेरिया, एचआईभीको स्क्रिन चेक पनि गरिरहेका छौँ ।’

गड्डाचौकी र गौरीफन्टा नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर पनि निगरानी बढाइएको छ। यात्रुको सहजताका लागि भन्दै प्रहरीले यात्रु सहायता कक्ष पनि स्थापना गरेको स्वास्थ्यकर्मी साउदले बताए।

प्रकाशित: Oct 12, 2021| 17:05 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।