काठमाडौं- नेपलागञ्जबाट मुगुका लागि गुडेको यात्रुबाहक बस छायानाथ रारा नगरपालिका-७ पिनामा दुर्घटना भएको छ। मंगलबार दिउँसो भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा ठूलो हताहतीको आशंका गरिएको छ।
बस सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। बसमा सवार ३९ जना गम्भीर घाइते भएको छ।‘घाइतेलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको प्रहरीले जनाएको छ। घाइतेको उद्दारका लागि हेलिकप्टर बोलाइएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ। उद्दारका लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन्।