सोमबार, चैत २५, २०८१

किमले भने– हतियारको विकास युद्धको सुरुवातका लागि होइन

उत्तर कोरियाली नेता किम जोङ आफूले हतियारको विकास युद्धको सुरुवातका लागि नभएर आत्मरक्षाका लागि गरिरहेको बताएका छन्।
 |  मंगलबार, असोज २६, २०७८
nespernesper

बीबीसी

बीबीसी

मंगलबार, असोज २६, २०७८

vianetvianet

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ आफूले हतियारको विकास युद्धको सुरुवातका लागि नभएर आत्मरक्षाका लागि गरिरहेको बताएका छन्। उनले भने, ‘हतियारको विकास युद्धको सुरुवातका लागि होइन, आत्मरक्षाका लागि हो।’ 

triton college

उनले अमेरिकी शत्रुतापूर्ण नीतिका बाबजुद आफ्नो सेनालाई अजेय बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। एक दुर्लभ हतियार प्रदर्शनीमा सहभागी भएका उनले यस्तो बताएका हुन्। उक्त प्रदर्शनीमा विभिन्‍न किसिमका ठूला हतियारहरु, मिसाइल र ट्यांकहरु  प्रदर्शन गरिएका थिए। 

उत्तर कोरियाले पछिल्लो समय एक हाइपरसोनिक र एन्टी एयरक्राफ्ट मिसाइल परीक्षणको दाबी गरेका थिए। उत्तर कोरियाको राजधानी प्योङयाङमा आयोजित सेल्फ डिफेन्स २०२१ को प्रदर्शनीलाई सम्बोधन गर्दै उनले दक्षिण कोरियासँग लड्‍न नचाहेको पनि बताएका छन्। 

उनले थपे, ‘हामी कसैसँग पनि युद्ध गर्न चाहँदैनौं। युद्ध रोक्‍नका लागि हामीले प्रयास गरिरहेका छौं। आफ्नो मुलुकको सम्प्रभुताको रक्षाका लागि हतियारको विकास गरिरहेका छौं।’ 

उत्तर र दक्षिण कोरियाबीचको तनावका लागि अमेरिका जिम्मेवार भएको समेत उनले बताएका छन्। उनले भने, ‘कोरियाली प्रायद्विपमा अस्थिरताकको जड भनेको अमेरिका हो।

प्रकाशित: Oct 12, 2021| 14:54 मंगलबार, असोज २६, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।