सोमबार, असार २९, २०८३

राष्ट्रिय सभा परामर्श समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले समिति गठन गरेको हो । समितिको सभापतिमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र पदेन सदस्यमा राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाल रहेका छन् । 

त्यसैगरी समितिको सदस्यहरुमा नेपाल कम्युनिस्ट पार्टीबाट खिमलाल भट्टरार्इ, कालि बहादुर मल्ल रहेका छन् । समितिमा नेपालि कांग्रेसबाट सरीता प्रसाँर्इ र बद्रि प्रसाद पाण्डेय, राष्ट्रिय जनता पार्टी नेपालबाट वृशेषचन्द्र लाल र संघीय समाजवादी फोरमबाट पर्मीला देवी सदस्य रहेकी छिन् । 

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले सदस्यहरुको नाम पढेर सुनाएका थिए। सदस्यहरु आवश्यकता अनुसार थप्दै जाने अध्यक्ष तिमल्सिनाले बैठकमा जानकारी गराएका थिए। 

राष्ट्रिय सभाको बैठक बस्नुअघि समितिको बैठक बसी आवश्क सल्लाह गर्ने प्रचलन रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।