बुधबार, जेठ २०, २०८३

जनकपुरका शक्तिपिठहरुमा फूलपाती भित्र्याइयो

नवरात्रको सातौं दिन दसैंघर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

जनकपुर- नवरात्रको सातौं दिन दसैं घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

National life

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सत्य सनातनी परम्परा छ।

'प्राणीमात्रलाई कालले नष्ट गर्दछ, त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन्' भन्ने मान्यता पाइन्छ। यस्ती देवीको स्वरुपलाई कालरात्री भनिन्छ। कालरात्री कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने पुराणोक्त कथन छ।

जनकपुरका प्रसिद्ध शक्तिपीठहरुमा शुभसाईतमा फूलपाती भित्र्याइएको छ। राजदेवी मन्दिरमा तान्त्रिक विधिअनुसार पूजापाठ सम्पन्‍न भएपछि हर्षबढाइ गर्दै फूलपाति भित्र्याइएको हो । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले सलामी अपर्ण गरेका थिए।

सो अवसरमा प्रतिनिधि सभाका सदस्य राजेन्द्र महतो, जनकपुरका सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधिहरुको सहभागिता थियो। जनकको कुलदेवीको रुपमा रहेको जनकपुरको राजदेवी लगायत शक्रिपीठहरु भव्य रुपमा सजाइएको छ। 

Shivam cement

प्रकाशित: Oct 12, 2021| 13:56 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।