बिहीबार, भदौ ४, २०८३

विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ घाइते

कैलालीमा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा १२ जना घाइते भएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

धनगढी- कैलालीमा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा १२ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको गौरीगंगा नगरपालिका–४, राजीपुरमा से१ज ११०५ नम्बरको विङ्गरले से६प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विङ्गरमा सवार ११ र मोटरसाइकल चालक घाइते भएका हुन्। 

मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का लक्ष्मण चौधरीको अवस्था गम्भीर छ। 

धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय चौमलाका प्रहरी नायव निरीक्षक विरबहादुर बोहराले बताए।

घाइतेलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको उनले बताए।

प्रकाशित: Oct 12, 2021| 11:32 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।