बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता

किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता

दसैंको चहलपहल सुरु भइसकेको छ। परिवारसँगै बसेर दसैं मनाउने भनेर मानिसहरू मूल घर जान थालिसकेका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- दसैंको चहलपहल सुरु भइसकेको छ। परिवारसँगै बसेर दसैं मनाउने भनेर मानिसहरू मूल घर जान थालिसकेका छन्। किनमेलका लागि व्यापारिक क्षेत्रमा भिडभाड बढेको छ। महामारीको बीचमा चाडबाड मनाइरहे पनि धेरैले कोरोना संक्रमणको पर्वाह गरिरहेका छैनन्। कोरोना संक्रमणदर केही घटे पनि जोखिम घटेको छैन। यसकारण यत्रा तथा किनमेल गर्दा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संयोजक डा. शेरबहादुर पुनका अनुसार चाडबाडको समयमा स्वास्थ्य सतर्कतामा अझ बढी ध्यान दिनुपर्छ। पुन भन्छन्, ‘यो जमघट र भेटघाटको समय हो, तर संक्रामक रोगहरू यस्तै बेला फैलने जोखिम उच्च हुन्छ।’

असोज-कात्तिकको समयमा मौसममा पनि परिवर्तन आउने भएकोले मौसमी फ्लु तथा सरुवा रोगहरू सजिलै तथा धेरै संक्रामक हुने गर्छ।

बच्ने उपाय

काम नपरी घर बाहिर ननिस्कने।

निस्कनै परे अनिवार्य मास्क लगाउने।

अनावश्यक जमघट नगर्ने।

भिडभाडको भएको ठाँउमा सकेसम्म नजाने।

एक अर्काको बीचमा कम्तिमा दुई मिटरको दुरी राख्ने।

बेलाबेला साबुन पानीले हात धोइरहने।

स्यानिटाइजरको प्रयोग गर्ने।

हाच्छँयु गर्दा वा खोक्दा कुहिनाले नाँक मुख छोप्ने।

भेट्दा हात नमिलाउने, नमस्कार गर्ने बानीको विकास गर्ने।  -न्युज कारखाना

    

प्रकाशित: Oct 12, 2021| 10:32 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।