बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपील गरेका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपील गरेका छन्।

दसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना भाइरसका कारण अझै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दै स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गरेका हुन्।

प्रचण्डले सन्देशमा भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ-आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन्। यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको हो।’

सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार भएको पनि उनले सन्देशमा भनेका छन्। 


प्रकाशित: Oct 12, 2021| 10:19 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।