बिहीबार, भदौ ४, २०८३

बिङ्गो बिनाको इलामको खल्लो दसैं

दसैंको घटस्थापना पछि इलाम नगरपालिकाका सुदीप श्रेष्ठको साँझको तालिका प्राय लाकुरी चौतारोमा आकर्षक शैलीमा बिङ्गो (हाउजी) खेलाउँदै गरेको हुन्थ्यो। तर, गत वर्षदेखि बिङ्गो खेल्न/खेलाउन नपाउँदा श्रेष्ठलाई दसैं नै खल्लो लागेको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

इलाम- दसैंको घटस्थापना पछि इलाम नगरपालिकाका सुदीप श्रेष्ठको साँझको तालिका प्राय लाकुरी चौतारोमा आकर्षक शैलीमा बिङ्गो (हाउजी) खेलाउँदै गरेको हुन्थ्यो। तर, गत वर्षदेखि बिङ्गो खेल्न/खेलाउन नपाउँदा श्रेष्ठलाई दसैं नै खल्लो लागेको छ।

करिब १७ वर्षदेखि बिङ्गो खेलाउन थालेका उनलाई बिङ्गो खेलाउने लत नै बसिसकेको थियो। अहिले कोरोना माहामारीका कारण अघिल्लो वर्षबाट बिङ्गो खेलाइएको छैन। पोहोरभन्दा यसपटक दसैंमा चहलपहल बढेको छ, तर बिङ्गो नहुँदा इलाम बजारमा भने दसैं खल्लो महशुस भएको छ। ‘बिङ्गो बिनाको दसैं त दसैं नै होइन जस्तो लाग्छ’, सुदीपले भने, ‘यो पटक बिङ्गो नखेलाउने? भनेर दिनमा सयवटा कल आउँछन होला, बाटोमा भेट्नेजतिले पनि सोध्न त्यही हो।’ 

बिभिन्न उखान टुक्का र शैली मिलाएर बिङ्गो खेलाउने सन्तोष भक्तराज पनि पर्छन्। उनले खेलाएको बिङ्गो मन नपराउने कमै होलान। भक्तराजलाई पनि बिङ्गो खेलाउन नपाउँदा दसैंको उमंग महशुस भएको छैन। ‘इलाममा बिङ्गो बिनाको दसैं त खल्लो नै लाग्छ, तर रोग भन्दा ठूलो रमाइलो होइन’, भक्तराजले भने, ‘अहिले पनि कोरोनाको जोखिम छ, परिस्थितिले बिङ्गो खेलाउनु पनि उचित छैन भनेर चित्त बुझाउँछु।’

इलाम बजारमा ६० वर्षदेखि बिङ्गो खेलाउने गरिन्थ्यो। दसैंको घटस्थापदेखि सुरु हुने बिङ्गो तिहारको टिकासम्म चल्थ्यो। साँझमा खेलाइने खेलमा दैनिक सयौं सहभागी हुन्थ्ये। पेसा व्यवसाय वा अध्ययनको लागि बाहिरिएकाहरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुन्थ्यो। वर्षौदेखि छुटिएका साथीहरू बिङ्गोमा नै भेटिन्थे। साथीहरूसँग रमाइलो गर्दै बिङ्गो खेल्न पाइने भएपछि साँझ पर्नेवित्तिकै बजारमा चाहलपहल सुरु हुन्थ्यो।

इलाममा बिङ्गो खेल्नकै लागि गाडी चढेर टाढा-टाढाबाट आउँने पनि निकै हुन्थ्ये। बिङ्गोमा उठेको रकम सामाजिक कार्यमा प्रयोग हुन्थ्यो। प्रहरीको भ्यूटावर थालनी होस् या पत्रकार महासंघको भवन निर्माणमा होस्, यी संरचनाको जग बिङ्खोबाटै संकल भएको रकमले हालेको हो। बिङ्खोबाटै उठेको रकमले इलाम बजारमा भएको टुँडिखेलको मर्मत, ब्लड बैंकको भवन निर्माण, माइभ्याली गोल्डकपको आयोजनामा लगानी हुन्थ्यो। 

बिङ्गो खेलाउनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्थ्यो। बिङ्गोबाट उठेको रकम कहाँ खर्च हुन्छ भन्ने आधारमा प्रशासन कार्यालयले अनुमति वर्षेनी अलग-अलग संस्थालाई अनुमति दिन्थ्यो। कतिपटक एक भन्दा धेरै संस्थाहरूको संयुक्त आयोजनामा पनि बिङ्गो चल्थ्यो। स्थानीय तह कार्यान्वयनमा आएपछि बिङ्गो खेलाउने अनुमति इलाम नगरपालिकाबाट लिनुपर्छ।

यो वर्षपनि खेलको लागि अनुमति माग्दै थुप्रै सस्था नगरपालिका पुगे तर, जिल्ला प्रशासनको आदेश भएकाले बिङ्गो खेलाउने अनुमति नदिइएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए। ‘मनोरञ्जका गतिविधि पूर्ण रुपमा नखुलेकाले बिङ्गो खेलाउने अनुमति दिइएन’, नगरप्रमुख बस्नेतले भने।

२०१८ सालमा पूर्वमन्त्री प्रकाशचन्द्र मुखियाले इलाम सदरमुकाममा भित्र्याएको बिङ्गोको इतिहास छ। अन्य ठाँउमा जुवाको रुपमा बिङ्गो खेलिने गरेको भए पनि जिल्लामा संस्कृतिको रुपमा खेलिने गरेको छ।   -न्युज कारखाना

प्रकाशित: Oct 12, 2021| 09:48 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।