बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पारोस् : बागमती प्रदेश प्रमुख

चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पारोस् : बागमती प्रदेश प्रमुख

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बडादसैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बडादसैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

प्रमुख शर्माले मंगलबार शुभकामना सन्देशमार्फत नेपालीहरुको महान पर्व बडादसैं, तिहार, नेपाल सम्बत ११४२, छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुमा सुख, समृद्धि, शान्ति, सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन्। 

प्रदेश प्रमुख शर्माले परम्परा र मौलिकता बोकेका पर्वले आपसमा एकता, सहिष्णुता अभिवृद्धि भई आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पार्दै लान सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। शर्माले चाडपर्वले संस्कृतिको जगेर्ना गर्न सकुन् भन्दै अनावश्यक प्रतिस्पर्धीको सोंचबाट समाजलाई मुक्त गर्न सफलता पनि प्राप्त गरुन् भनेका छन्।

उनले भनेका छन्, ‘हाम्रा चाडपर्वहरुले परम्परागत रुपमा विकसित भएका संस्कृतिहरुलाई जगेर्ना गर्न सकुन् र अनावश्यक प्रतिस्पर्धी सोंचबाट समेत समाजलाई मुक्त गर्न सफलता प्राप्त गरुन्। ’ 

प्रमुख शर्माले अहिलेको समय कोरोनाबाट सचेत हुँदै चाडपर्व मनाउनुपर्ने भएकाले यसमा यसमा ध्यान दिनुपर्ने जोड दिएका छन्। ‘अहिले पनि हामी कोरोना विरुद्धको लडाइमै छौं। कोरोना संक्रमणको जोखिमबाट पूर्ण रुपमा मुक्ति कहिले पाइएला भन्ने प्रश्न आज पनि जीवन्त छ। प्रदेशवासी दाजुभाई, दिदीबहिनी तथा सम्पूर्ण नेपाली कोभिड १९ को संक्रमणबाट जोगिनका लागि चनाखो र सचेत हुन अत्यावश्यक छ,’ उनले शुभकामना सन्देशमा भनेका छन्। 

प्रदेश प्रमुख शर्माले आफन्त र मान्यजनबीचको भेटघाट, शुभकामना आदान–प्रदान एवं सद्भाव व्यक्त गरिरहँदा कोभिड १९ बाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि  आग्रह गरेका छन्। 

प्रकाशित: Oct 12, 2021| 08:15 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।