बिहीबार, भदौ ४, २०८३

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

तनहुँ- चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्याङकी नौ वर्षीया बालिका स्वीकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए।

छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले आक्रमण गरेको बताइएको छ। उनको शव जंगलमा फेला परेको हो।

बालिकाको घाँटीमा चोट देखिएको वडा अध्यक्ष लामिछानेले बताए। तनहुँमा चार वर्षदेखि चितुवाको आक्रमण बढेको छ। १ फागुन २०७४ देखि हालसम्म ११ जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका छन्।

प्रकाशित: Oct 12, 2021| 07:59 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।