शनिबार, चैत ७, २०८२

योगले शरीरमा कस्तो प्रभाव पार्छ?

हाम्रो पूर्खाहरुले दोस्रो विकल्प सर्वोत्तम ठाने। त्यसैले रोग लागेर अस्पताल धाउने, उपचार गर्ने भन्दा पनि रोगमुक्त जीवन बाँच्ने खोज–अभ्यास गरे। त्यसैको नतिजा थियो, योग।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- अहिले आधुनिक चिकित्साले नयाँ नयाँ खोज र पद्धतीहरुको विकास गरिरहेको छ। उपचारका लागि आश्चर्यलाग्दो उपकरण बनेका छन्। अत्याधुनिक अस्पताल बनेका छन्। विश्वभर हरेक दिन लाखौं स्वस्थ्यकर्मी उत्पादन भइरहेका छन्। मानव समुदायले यसलाई उपलब्धी मान्ने कि दुर्गती ?

National life

हाम्रो पूर्खाहरुले दोस्रो विकल्प सर्वोत्तम ठाने। त्यसैले रोग लागेर अस्पताल धाउने, उपचार गर्ने भन्दा पनि रोगमुक्त जीवन बाँच्ने खोज–अभ्यास गरे। त्यसैको नतिजा थियो, योग।

योगले शरीरलाई समूचित ढंगले व्यवस्थित र क्रियासिल गराउँछ। यसले शरीरका अंगहरु बलियो र छरितो हुन्छ। भित्री अंगहरुको कार्य सम्पादन सही र चुस्त हुन्छ। भौतिक शरीर मात्र होइन, मनलाई समेत शान्त र उमंगित तुल्याउँछ। यही कारण कुनैपनि किसिमको रोगहरुले शरीरलाई गाँज्न सक्दैन।

स्वस्थ शरीर

योगको सोझो प्रभाव हाम्रो शरीर र स्वस्थ्यमा पर्छ। योग सुरु गरेदेखि नै हामीले शारीरिक रुपमा केही परिवर्तन अनुभव गर्छौं। योगका अनेक आसन छन्। आसन अनुसार शरीरका अंगहरुमा त्यसले पार्ने प्रभाव पनि अलग छन्। यद्यपि कतिपय आसनले समग्र शरीरलाई नै प्रभावित गर्छ। जस्तो कि सूर्य नमस्कार। यसलाई सम्पूर्ण व्यायाम पनि भनिन्छ। सबै किसिमको योग अभ्यास गर्न संभव नभएपनि केही आसन नियमित रुपमा गर्न सकिन्छ।

Laxmi sunrise bank
kumari

मन सधै खुसी

योग गरिरहँदा वा योग सुरु गरेपछिको समयमा हामीले प्रत्यक्ष अनुभव गर्न सक्छौं कि, मनमा खिन्नता, वेचैनी रहँदैन। मन चंगा हुन्छ। खुसी हुन्छ।

हराउँछ मानसिक रोग

योगले मानसिक तनाव, वेचैनी, डिप्रेसन आदिबाट मुक्त गर्छ। मनभित्रको विकार हटाउँछ। इष्र्य, मोह, वासना, क्रोध आदि विकार हटाउँछ र प्रेम, करुणा एवं सकारात्मक सोंच विकास गर्छ।

 बढाउँछ कार्यक्षमता

नियमित योगले मानसिक एवं शारीरिक स्वास्थ्य तन्दुरुस्त हुन्छ। यसले गर्दा हाम्रो कार्य क्षमता पनि बढ्छ। लामो समयसम्म हामीभित्र उर्जा कायम रहन्छ।

बद्लिन्छ व्यक्तित्व

योगको प्रभाव हाम्रो व्यक्तित्वमा पनि झल्कन्छ। नियमित योगले मानसिक र शारीरिक स्वस्थ्य राम्रो हुन्छ र यसको प्रभाव हाम्रो व्यक्तित्वमा पर्छ। मनभित्रको नकारात्मक भाव हट्छ। चिन्ता, वेचैनी हट्छ। शरीर बलियो र उर्जावान हुन्छ।

गहिरो निद्रा

प्राणायाम गरेपछि प्राणवायु शरीरको सबै ठाउँमा राम्ररी संचार हुन्छ। यसले अनावश्यक एवं हानिकारक द्रव्य नष्ट गर्छ। विकार हटाउँछ। यही कारण गहिरो निद्रा लाग्छ। प्राणायाम र ध्यानले मस्तिष्कलाई क्रियाशिल र शक्तिशाली बनाउँछ।

प्रकाशित: Oct 12, 2021| 05:05 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्