मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोभिड खोप नलगाएकाले ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्‍चित

कोभिड खोप नलगाएकाले ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्‍चित

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

रियो द जेनरिया- ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले  कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका छन्।

National life

राष्ट्रपतिको प्रेससँगको कुराकानीको भिडियो आइतबार सार्वजनिक भएको छ जसमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन्। 

उनले भने, 'किन खोप कार्ड चाहियो ! किन पासपोर्ट चाहियो ! म केवल खेल हेर्न चाहान्छु ।'

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार  राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा छन्।

 ब्राजिलका नेताले कोरोनाभाइरस विरुद्धको खोपप्रति शंका व्यक्त गर्ने गरेका छन् र त्यहाँ  उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन। 

Laxmi sunrise bank
kumari

उनी जुलाई २०२० मा कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किएका थिए। राष्ट्रपति बोल्सोनारो जो लकडाउनको एक कट्टर विरोधी पनि छन् भने जसले मास्क पनि लगाउने गरेका छन्। 

प्रकाशित: Oct 11, 2021| 23:10 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।