सोमबार, कात्तिक १७, २०८२

चीनमा बाढीका कारण १७ लाख मानिस विस्थापित

चीनको उत्तर प्रान्त साङ्सीमा बाढीका कारण १७ लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन्।
 |  सोमबार, असोज २५, २०७८

बीबीसी

बीबीसी

सोमबार, असोज २५, २०७८

बेइजिङ- चीनको उत्तर प्रान्त साङ्सीमा बाढीका कारण १७ लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन्। चिनियाँ सञ्‍चारमाध्यमहरुका अनुसार गत साता आएको भिषण वर्षाका कारण बाढी र पहिरो आएको थियो। 

Kumaribank

उक्त बाढी र पहिरोले साङ्सीका ७० जिल्ला प्रभावित भएका थिए। भिषण वर्षाका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको थियो।  तीन महिनाअघि हेनान प्रान्तमा भएको भिषण वर्षाका कारण आएको बाढीमा परी ३०० जनाको मृत्यु भएको थियो। 

चिनियाँ मौसम विभागले ठूलो वर्षा र आँधिका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाएको छ। चिनियाँ सञ्‍चरमाध्यम सिन्ह्वाका अनुसार एक लाख २० हजार मानिसहरुलाई तत्काल स्थानान्तरण गरिएको थियो। 

बाढीका कारण १७ हजार घरहरु भत्किएका छन्। उद्धार कार्यमा खटिएका चार जना प्रहरीको पनि मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ। सान्सी प्रान्तको राजधानीमा ताइयुनमा १८५.६ एमएम वर्षा भएको थियो। 

प्रकाशित: Oct 11, 2021| 17:55 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।