शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • यस वर्षको अर्थशास्‍त्रतर्फको नोबेल पुरस्कार डेबिड, जोशुआ र गिडोलाई

यस वर्षको अर्थशास्‍त्रतर्फको नोबेल पुरस्कार डेबिड, जोशुआ र गिडोलाई

नोबेल कमिटीले डेबिड कार्ड, जोशुआ एंगरिस्ट र गिडो इम्बेन्सलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं- यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजनालाई प्रदान गरिने भएको छ। नोबेल कमिटीले डेबिड कार्ड, जोशुआ एंगरिस्ट र गिडो इम्बेन्सलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो। 

इकोनमिक साइन्सका लागि दिइने पुरस्कारलाई स्वेरिग्स रिक्स बैंक पनि भनिन्छ। यस पुरस्कारको आधा भाग डेबिडलाई र अर्को आधा भाग जोशुआ र गिडोलाई प्रदान गरिने भएको हो। 

जोशुआ र गिडोले प्राकृतिक परीक्षणहरुबाट कारण र प्रभावहरु पत्ता लगाउन सकिन्छ भन्‍ने विषयको खोज गरेको भन्दै उनीहरुले नोबेल पुरस्कार दिने घोषणा गरिएको बताइएको छ। 

डेबिडले भने श्रम अर्थशास्त्रमा योगदान गरेको भन्दै आधा पुरस्कार प्रदान गरिएको हो। 

प्रकाशित: Oct 11, 2021| 16:54 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।