बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित नेपाल टेलिकमको टावर एक महिनादेखि बिग्रिएका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

सिमकोट- हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित नेपाल टेलिकमको टावर एक महिनादेखि बिग्रिएका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ। दसैँ, तिहार जस्तो समयमा पनि टेलिकमले टावर नबनाउँदा हजारौं सेवाग्राही सञ्चार सुविधाबाट बन्चित भएका छन्। 

सिमकोट गाउँपालिका वडा नम्बर १ देखि ३ र खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार सुविधाबाट बन्चित भएका हुन्। २ देखि २२ भदौसम्म हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरित विद्युत् सेवा अवरुद्ध भएकाले वडा नम्बर ३ बरगाउँमा रहेको टावरले काम गर्न छाडेको स्थानीय हेमन्त बोहराले बताए।

बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर चल्ने नत्र काम नगर्ने स्थानीयको भनाइ छ । उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य उर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोध समेत गरेका छन्।

अहिले जिल्लामा सेवाग्राही सञ्चार सुविधाबाट बञ्चित नहुन भनेर जेनेरेटर चलाएर केही सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जनाएको छ।  -न्युज कारखाना

प्रकाशित: Oct 11, 2021| 16:40 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।