बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोश्रो बिहे सार्वजनिक गर्दै मनोजले भने– परपीडक ट्रोल र भिडियो नबनाइदिनु होला

दोश्रो बिहे सार्वजनिक गर्दै मनोजले भने– परपीडक ट्रोल र भिडियो नबनाइदिनु होला

पहिलो श्रीमतीसँग डिभोर्स गरेको चार वर्षपछि हास्यकलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– पहिलो श्रीमतीसँग डिभोर्स गरेको चार वर्षपछि हास्यकलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन्।

उनीहरुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेको मनोज आफैंले फेसबुकमार्फत जानकारी गराएका हुन्। यसलाई मनोजले आफ्नो जीवनको दोश्रो अध्याय भनेका छन्। 

‘जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ वर्षपहिले कानुनी रुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ,’ मनोजले दोश्रो बिहे गर्नुको कारण खुलाउँदै फेसबुकमा लेखेका छन्, ‘त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर छ। जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो। त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो। यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो।’

पहिलो श्रीमती मीना ढकालसँगको सम्बन्ध विच्छेदपछि मात्रै न्याय सेवाकी अधिकृत मञ्जुसँग आफ्नो चिनजान र घनिष्ठता बढेको बताउँदै उनले भनेका छन्, ‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं। एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने  बाचा गर्यौं। अगाडि आइपर्ने सुखदुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं। हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्धत गर्यो।’

मनोजले सम्पूर्ण मिडियाकर्मीलाई आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिन अनुरोध पनि गरेका छन्। । ‘मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला। हाम्रा सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाइदिनु होला,’ उनको आग्रह छ, ‘कसैको निजी जीवनका बारेमा कपोकल्पित  समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु। त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरा पनि जोडदार रुपमा जाहेर गर्दछु।

प्रकाशित: Oct 11, 2021| 15:49 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।