शनिबार, साउन १६, २०८३

सीटीईभीटी छात्रवृत्ति कार्यक्रमको परीक्षा तालिका सार्वजनिक

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको विशेष प्राविधिक छात्रवृत्ति कार्यक्रमको नियमित परीक्षा तालिका सार्वजनिक गरेको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको विशेष प्राविधिक छात्रवृत्ति कार्यक्रमको नियमित परीक्षा तालिका सार्वजनिक गरेको छ।

प्रिडिप्लोमा तहको विशेष प्राविधिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत देशभरका विपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्राहरुका लागि नियमित परीक्षा तालिका सार्वजनिक भएको हो।

कार्यालयले २०७६–०७७ का लागि विभिन्न आंगिक शिक्षालयमा भर्ना एवं रजिस्ट्रेसन कायम भई अध्यन पूरा गरी परीक्षा आवेदन भरेका परीक्षार्थी यस छात्रवृत्ति कार्यक्रममा सहभागि हुन लागेका हुन्। परीक्षा मंसिर १ गतेबाट ११ गतेसम्म बिहान ८ बजे परीक्षार्थीको सम्बन्धित शिक्षण संस्थामा सञ्चालन हुने भएको छ।

प्रकाशित: Oct 11, 2021| 15:19 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्