सोमबार, असार २९, २०८३

यस्ता छन् प्रहरी महानिरीक्षक खनालका तीन प्राथमिकता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध कारोबारका साथै वैदेशिक रोजगारीमा भैरहेको ठगी तथा मानव बेचबिखनका घटनालाई  शून्यमा झार्ने दाबी गरेका छन।

बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत महानिरीक्षक खनालले प्रहरी प्रशान कानुन विपरित कार्यकाविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए।
संविधानले परिकल्पना गरेको संघीय तथा प्रादेशिक संरचना अनुसार प्रहरी संगठनलाई  सवल तथा सक्षम बनाउनको  लागी  आफुले  विगतमा भन्दा फरक ढंगबाट अगाडि बढन खोजेको खनालले बताएका हुन् । उनले भने, ‘प्रहरी प्रशासन वैदेशिक ठगी तथा लागुऔषधविरुद्ध थप कडा रुपमा प्रस्तुत भएको छ।’

 २०७४ चैत २७ गते  नेपाल प्रहरीको महानिरिक्षकमा नियुक्त भएका सर्वेन्द्र खनाललाई  पछिल्लो समय, प्रहरीको सरुवा बढुवा न्याय गर्न नसकेको, प्रहरीको विशिष्ट पद कटौति हुँदा मौन रहेको, तथा संघीय तथा प्रादेशिक प्रहरी ऐन निर्माणमा प्रभावकारी  भुमीका निर्वाह गर्न नसकेको जस्ता आरोपको खेप्दै आएका छन्।
 
पत्रकार सम्मेलनमार्फत आफू माथी लागेका आरोपको खण्डन गदै महानिरीक्षक खनालले आफ्ना मुख्य तीन प्राथमिकता रहेका बताउँदै भने, ‘म त्यसको कार्यान्वयनमा दृढतका लागि परेको छ।’

तीन प्राथमिकता:

प्राथमिक जिम्मेवारी

शान्ती सुरक्षाको पूर्ण प्रत्याभुती, अपराधको रोकथाम तथा प्रभावकारी अनुसन्धान आफ्नो पहिलो प्राथमीकता रहने खनालले बताएका छन । विगतको तुलनामा यस्ता अपराधका घटनामा कमी आएको प्रहरी प्रधान कार्यालयले तयार पारेको तथ्याङ्क मार्फत देखाईएको छ।

वर्तमान जिम्मेवारी

प्रहरीको संघीय रुपान्तरण तथा अपराध नियन्त्रण संहिताको कार्यान्वयनमा जोड दिइने महानिरीक्षक खनालले बताए। नेपालको संविधान २०७२ अनुसार  बन्न लागेको  नेपाल प्रहरी सम्बन्धी ऐनको मस्यौदा तथा अपराध संहिताको मस्यौदा तयारी अन्तिम अवस्थामा पुगेको बताएका छन् । प्रहरी ऐन तथा अपराध संहिताको पुर्ण कार्यान्वयनलाई प्रहरी महानिरीक्षकले दोस्रो प्राथमीकतामा राखेको बताएका छन।

विशेष प्रहरी कार्यक्रम

गृह प्रशासन सुधार सम्बन्धी ८२ बुँदे कार्ययोजनाको पुर्ण पालना गराउने तथा लागुऔषध बेचबिखन तथा प्रयोगलाई पुर्ण रुपमा नियन्त्रण गर्ने खनालले बताएका छन। मानव बेचबिखन तथा वैदेशिक रोजगारीमा हुने विरुद्ध निर्मम भएर अगाडी बढने महानिरीक्षकले पत्रकार सम्मेलन मार्फत जनाएका छन ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।