शुक्रबार, असोज २३, २०८३

दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल

विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं- विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन्। २१ असोजबाट खुलेको जानकारी दिँदै चलचित्र संघले दुई साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने बताएका थिए।

चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त कार्यक्रममा चलचित्र महासंघका महासचिव अशोक शर्माले वितरक, प्रदर्शक तथा निर्माताहरूको छलफलबाट दुई साताको ग्याप राखेर तीन महिनासम्म फिल्म रिलिजको क्यालेन्डर सार्वजनिक गर्ने बताएका थिए। 

तर, यसको केही दिन नबित्दै विजयादशमीलाई लक्षित गर्दै २५ असोजबाट धन्दागिरी र २६ असोजमा डाँडाको वरपीपल प्रदर्शनमा आउने भएका छन्। यी दुई फिल्मको पोष्टर यतिबेला उपत्यकाको विभिन्न स्थानमा प्रचारप्रसारका लागि तासिएका छन्। कोरोनाभाइरसको दोस्रो महामारीपछि नेपाली फिल्मको पोष्टर देखिनु उत्साहको विषय भए पनि एकैपटक दुई फिल्म आउँदा व्यापारलाई असर गर्ने निश्चित छ। 

एक वितरकले नाम नखुलाउने सर्तमा भने- 'वितरकहरूले नै कुरा नबुझ्दा क्यालेन्डर निस्किन समस्या भयो, अब फिल्महरू पनि नजुध्लान भन्न सकिँदैन।' डाँडाको वरपीपललाई शोभित बस्नेतले निर्देशन गरेका छन्। यसमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापालगायतको अभिनय छ।

धन्दागिरीमा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, धिरेन शाक्य, दिनेश डिसीलगायतको अभिनय छ। यसलाई एनवी अन्जानले निर्देशक गरेका हुन्। -न्युज कारखाना

प्रकाशित: Oct 11, 2021| 14:40 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।