बिहीबार, भदौ ४, २०८३

बालुवामा दसैँको खुसी खोज्दै प्रेमबहादुर भाम

दसैँ आइसक्यो, तर पैसा छैन। परिवारका सदस्य थुप्रै छन्। छोराछोरीलाई एकसरो लुगा किने दिने धोको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

मुगु- नेपालीहरूको महान पर्व बडादसैँ सुरु भएको सोमबार पाँचौँ दिन हो। तर, दसैँले भए खाने वर्गलाई छुन सकेको छैन। यस्तै मध्येका एक हुन्, मुगु छायाँनाथ रारा नगरपालिका–६ बालैका ३० वर्षीय युवा प्रेमबहादुर भाम। 

दसैँ आइसक्यो, तर पैसा छैन। परिवारका सदस्य थुप्रै छन्। छोराछोरीलाई एकसरो लुगा किने दिने धोको छ। यसैका लागि आर्थिक जोहो गर्न उनी बालै बगरमा जान्छन्।  

विगतदेखि नै स्थानीय परम्परागतको कोदो, धान, फापर, कागुनो, चिनोखेती गर्दै आएका बालैवासीहरू सडक सञ्जाल जोडिएपछि गमगढी बजार लगायत आसपासका बस्तीहरूले पक्की ढलान घर निर्माण गर्न थालेपछि बालैको बालुवाको माग बढेको छ। उनीहरूको माग पूरा गर्न प्रेमबहादुरसहित गाउँका बालुवा संकलनमा होमिएका छन्। 

उनीहरू बालुवा बेचेर दसैँका लागि आर्थिक जोहोमा जुटेका हुन्। बालै बगरमा बस्दै आएका ५५ घरधुरीले नदीको किनारमा आआफ्नो बालुवा निकाल्ने स्थानको भागबन्डा गरेर बालुवा निकाल्ने स्थान निर्माण गरेका छन्। असार, साउन र भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घर खर्च चलाउने, बालबच्चा पढाउने गरेको भामको भनाइ छ।  

प्रतिघर ५० हजारदेखि दुई लाखसम्म बालुवा बिक्रीबाट आम्दानी हुने गरेको स्थानीय प्रेमबहादुरले सुनाए। बालुवा नदीबाट निकालेर बिक्री गर्दा स्थानीय सरकार नगरपालिकालाई प्रति ट्याक्टर एक सय र यो बालैबगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रभित्र पर्ने भएको हुँदा रारा मध्यवर्ती क्षेत्रले प्रतिट्याक्टर तीन सय रुपैयाँ राजस्व उठाउने गरेको भामले बताए। 

गर्त वर्षभन्दा यो वर्ष बालुवा धेरै संकलन गरेका छन्। गमगढी बालै सडकको विभिन्न स्थानमा सडक वर्षातको पानीले भत्केको हुँदा बालुवा बिक्री भएको छैन। प्रत्येक घरले बालुवा बिक्री गरेर जीवन निर्वाह गर्दै आएका थिए, एक घरले एक लाखभन्दा बढी कमाउने गर्छन्। 

सडक सञ्चालनमा आएको भए नजिकै आउने दसैंतिहारमा घर खर्च चलाउन सजिलो हुने स्थानीय शर्मिला भामले बताइन्। मध्यवर्ती क्षेत्रबाट १५ जेठदेखि १५ कात्तिकसम्म बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ। प्रतिट्याक्टर बालुवाको तीन सयका दरले रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिले राजस्व लिने गरेको छ। 

बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व शुल्क लिर्ने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम शाहनीले बताए। 

स्थानीय सरकार गठन नहुँदा खुला थियो। स्थानीय तह निर्माण भइसकेपछि एक वर्षसम्म नगरपालिकाले राजस्व उठाउने गरेको थियो, पछि खुला भयो। बालुवा बिक्रीबाटै यो बस्तीका मानिसको जीवन गुजार्ने हुँदा स्थानीयवासीहरूले मनपरि हिसाबले बालुवा निकाल्ने गरेका छन्।    -न्युज कारखाना  

प्रकाशित: Oct 11, 2021| 14:34 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।