काठमाडौं- नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ए ३३०–२०० विमान ‘अन्नपूर्ण’ बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट नौ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो ।
नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिइएको १२ अर्ब रुपैयाँको ऋणबाट दुईबटा विमान खरीद गरिएको हो । २०७४ वैशाख ७ गते नेपाल सरकारबाट ग्यारेन्टी स्वीकृत भए पछि खरीदको लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो ।
तुलुजबाट क्याप्टेनको कमाण्डमा विमान ल्याइएको थियो र नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमती दिएपछि व्यावसायिक उडानमा लगाइने छ । अव उप्रान्त नेपाली पाइलटहरुले पनि वाइड्वडी विमान उडाउने छन् ।
पहिलो चरणमा दुवई-दोहा उडान गरिने छ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया, साउदी अरेवीयाको रियादमा उडान गरिनेछ ।
दुईवटा खरीद गरिएको मध्ये दोश्रो विमान डेढ महिनापछि ल्याइनेछ ।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४