बिहीबार, भदौ ४, २०८३

प्रहरी हिरासतमा रहेका थुनुवा रानाको मृत्यु

कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

धनगढी- कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ। भैंसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका-३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानालाई हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बताए। शौचालयको भेन्टिलेसनको जाली च्यातेर झ्यालको सरियामा गञ्जीको डोरी बनाई रानाले आत्महत्या गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

मृतक रानालाई कैलालीको जानकरी गाउँपालिका-१ का पुलराम थारुको भैंसी चोरेको आरोपमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 11, 2021| 13:04 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।