बिहीबार, भदौ ४, २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

अछाम, स्याङजा, चितवन, बारा र धनुषाको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं- अछाम, स्याङजा, चितवन, बारा र धनुषाको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।

अछाम, पन्चदेवल विनायक नगरपालिका-१ जाल्पेश्वरी माध्यमिक विद्यालयको प्राङगणमा ब्याक गर्ने क्रममा से१च १७६३ नम्बरको विवाहको गाडी करिब २ सय ५० मिटर तल खेतमा खसेर आइतबार राति दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेहरुमा जिपमा सवार सोही नगरपालिका-२ बस्नेहरु १४ वर्षीय जिवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा,१७ वर्षीय हिमाल नेपाली र सोही नगरपालिका-३ बस्ने १८ वर्षीय जिवन जैशी रहेका छन्।

उनीहरुमध्ये जिवनको घटनास्थलमै र अन्य ३ जनालाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।साथै दुर्घटनामा घाइते भएका अन्य १४ जनामध्ये ३ जनालाई थप उपचारको लागि नेपालगंजतर्फ रिफर गरिएको, २ जनाको बयलपाटा अस्पताल अछाममा र ९ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।  

तेसैगरी स्याङजा, वालिङ नगरपालिका-१० मोदीखोलास्थित सडकमा ग.१ ज ४९१८ नम्बरको जिप सडकदेखि करिब ५० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा जिपमा सवार गल्याङ नगरपालिका-१० बस्ने ७७ वर्षीय दल बहादुर पल्ली सहित ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दल बहादुर सहित २ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र १ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी, चितवन, भरतपुर महानगरपालिका-७ बिकास चोकमा बा.१ प १२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८ वर्षीय मिलन भण्डरीको आइतबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि सरकारी अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै बसको ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने ४६ वर्षीया सुमी कुमारी लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तेसैगरी, बारा, कलैया उपमहानगरपालिका-२३ सिसहनिया चोकमा ग.७ प ४६१९ नम्बरको मोटरसाइकलले पैदलयात्री महागढीमाई नगरपालिका-४ मल्हनी टोल बस्ने १६ वर्षीय सुनिल यादवलाई ठक्कर दिई गएराति दुर्घटनामा हुँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२ उत्तर झिटकैया बस्ने १६ वर्षीय कृष्ण मण्डलको आइतबार राति मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका कृष्णको कलैया अस्पताल हुँदै न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै घाइते भएका सुनिल र मोटरसाइकलमा सवार १ जनाको न्यूरो अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

यसैगरी, धनुषा, जनकपुर उपमहानगरपालिका-२४ सोनापारास्थित सडकमा ज.२ प ९९०६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको मोटरसाइकलले आइतबार राति ठक्कर दिंदा ज.२ प ९९०६ नम्बरको मोटरसाइकलमा सवार महोत्तरी मठियानी नगरपालिका-४ बस्ने ४५ वर्षीया सगिना खातुनको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय जगिर साह सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित: Oct 11, 2021| 13:50 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।