शुक्रबार, असोज २३, २०८३

को बन्लान् नयाँ जेम्स बोन्ड?

हलिउडमा सफल सिरिजमध्येको एक हो ‘जेम्स बोन्ड’। स्पाई थ्रिलर यो फिल्मलाई दर्शकले रुचाउने गरेका छन्। सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं- हलिउडमा सफल सिरिजमध्येको एक हो ‘जेम्स बोन्ड’। स्पाई थ्रिलर यो फिल्मलाई दर्शकले रुचाउने गरेका छन्। सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ। यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडि ल्याइसकेका छन्।

पछिल्लो समय बोन्डको रूपमा ड्यानियल क्रेग छन्। उनी सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोन्डको भूमिकामा देखिँदै आएका छन्। जेम्स बोन्डका रूपमा क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ भनिएको छ।

उनको अन्तिम फिल्म भनिएसँगै नयाँ जेम्स बोन्ड को बन्नेछन् भन्ने चर्चा फिल्मीप्रेमी दर्शकमाझ छ। यसको ट्रेलरमा समेत डबल ओ सेभेनको नयाँ जासुस महिला देखिएकाले नयाँ जेम्स बोन्ड महिला हुन सक्ने अनुमान दर्शकले लगाएका छन्। 

यद्यपि ‘जेम्स बोन्ड’ को रूपमा कहिल्यै पनि महिला नहुने-नबनाइने निर्माता बार्बरा ब्रोकलीले स्पष्ट पारेकी छन्। बोन्ड रंगका बारेमा विकल्प खुल्ला भए पनि महिला नहुनेमा आफूहरू स्पष्ट भएको उनको भनाइ अन्तरराष्ट्रिय सञ्चारमाध्यममा छन्। कोरोनाभाइरसका कारण सिर्जित अवस्थाले गर्दा बारम्बार रिलिज डेट सरेको 'नो टाइम टु डाइ' नेपाल र भारतमा आउँदो अक्टोबर १४ बाट प्रदर्शनमा आउनेछ। 

ब्रिटिस जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५औं फिल्म हो भने क्रेगको बोन्डका रूपमा पाँचौं। जेम्स बोन्ड हलिउडको सबैभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन्।

क्रेगको यो अन्तिम फिल्म हो।क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडुलगायतका कलाकारले अभिनय गरेका छन्।

-न्युज कारखाना


प्रकाशित: Oct 11, 2021| 11:57 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।