सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्टको गोलोमा पसेर उपेन्द्रको समाजवादी अर्ती

कम्युनिस्टको गोलोमा पसेर उपेन्द्रको समाजवादी अर्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव कुनै बेला कम्युनिष्ट नेता थिए। त्यसबेला उनी समाजावादी पनि थिए । उनी माक्रर्सवादी पनि । जुन दिन उनले कम्युनिस्ट पार्टी छाडे त्यो दिनबाट उनी न माक्रर्सवादी रहे न समाजवादी।
 
बिहीबार एउटा कार्यक्रममा  उनले वरिपरि कम्युनिस्ट नेता राखेर समाजवादको उपदेश दिने मौका पाए। राष्ट्रियसभा गृहमा मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा यस्तो मौका जुटेको थियो उनलाई । 

हल भित्र नअटेका कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता बाहिर बसेर समेत भाषण सुनिरहेका थिए। मानौं यादव कम्युनिस्टको गोलामा पसेर उनीहरुलाई नै अर्ती दिईरहेका छन्।

यादवले  आार्थिक समृद्धिबाट नै समाजवादको लक्ष्य भेटिने बताए। उनले आफु बिदेश मन्त्री भएको बेला सम्पन्न मुलुकहरुको भ्रमण गर्दा उनीहरुले  अब यसले  केही ने केही माग्न आएको ठान्ने गरेको अनुभव सुनाए।
  
यादवलाई माक्रर्सवादीको संज्ञा दिए नेकपाका प्रवक्ता नारायणकाजीले । ‘उहाँ पनि समाजवादी नै हो , उहाँको पार्टीको नाम नै संघीय समाजवादी छ’ यादवलाई फुर्काउँदै श्रेष्ठले भने। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।