काठमाडौं- तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण हुँदा सहमति थियो जनताको बहुदलीय जनवाद र माओवाद दुवै त्याग्ने। अर्थात नयाँं सिद्धान्त मान्ने समाजवाद। त्यसैले पार्टीको दस्तावेजमा समेत यी दुई सिद्धान्तको कुरा उल्लेख गरिएनन् । पार्टीको दस्तावेजमा भने जनताको बहुदलीय जनवाद र माओवादमा आधारित सशस्त्र संघर्षको उपलपब्धिका कारण नेकपा भएको उल्लेख छ।
बिहीबार मदन भण्डारीको ६७ औ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिमित बक्ता राखिएको थियो। त्यस मध्य एक थिए नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठ। उनी तत्कानिल माओवादी पृष्ठभूमिका हुन्। उनले करिव १० मिनेट समय लिएर बोले। तर कतै माओवाद शब्द उच्चरण गरेरन् । बरु उनले पार्टी विधान र पद्धति अनुसार नचले स्थिति भयानक हुने चेतावनी दिन भ्याए।
नारायणकाजी लगतै बोले प्रधानमन्त्री केपी ओली। उनले मदन भण्डारीको बारेमा प्रकाश पार्दै गर्दा जनतको बहुदलीय जनवाद निकाली हाले । उनले भने जनताको बहुदलीय जनावादका कारण यहाँसम्म आएको छु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४