मंगलबार, फागुन २६, २०८२

अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर घट्दैछ

कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

वाशिङ्टन- कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ। यहाँ पछिल्लो समयमा आर्थिक क्रियाकलापहरु चलायमान भएसँगै रोजगारीका अवसरहरु सिर्जना हुने र यसबाट बेरोजगारहरुको संख्या पनि घट्दै गएको देखिएको छ। 

National life

अमेरिकामा गएको सेप्टेम्बर महिनामा कम्तीमा पनि १ लाख ९४ हजार रोजगारी सिर्जना भएको छ। प्राप्त समाचार अनुसार अमेरिकामा महामारीजन्य समस्याबाट उत्पन्न भएको बेरोजगारी दर विस्तारै घट्दै गएको देखिएको हो। यहाँ सेप्टेम्बर महिनाको मात्र हिसाब गर्दा १ लाख ९४ हजार रोजगारी सिर्जना भएको छ र यसबाट कम्तीका पनि ४.८ प्रतिशत बेरोजगारी दरमा कमी आएको छ। 

अमेरिकाको श्रम विभागले यहाँ विस्तारै बेरोजगारी दरहरु घट्दै गएको देखिएको हो। कोरोना भाइरसका कारणले उत्पन्न भएको समस्यामा यहाँ केही सुधार भएको देखिएको छ। पछिल्लो समय यहाँ खोपको सुनिश्चितासँगै कोरोना भाइरसको प्रकोप केही घटेको देखिएको र यसका कारण बजार खुलेको बताइएको छ। 

अगष्ट महिनामा ३ लाख ६६ हजार जना नयाँ रोजगारी पाएका थिए। त्यसैगरी जुलाई महिनामा यो संख्या करिब १० लाख रहेको यहाँको श्रम विभागले हालै प्रकाशन गरेको एक तथ्यांकमा देखाइएको छ।  

उक्त तथ्यांकअनुसार यो वर्षको औसतमा हेर्दा मासिक रुपमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना भएका पाइएको छ। उक्त विभागले यहाँ मासिक रुपमा हेर्दा रोजगारी सिर्जना हुदै गएको र यहाँको श्रम बजारमा बेरोजगारी दर पनि घट्दै गएको देखिएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 10, 2021| 23:15 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।