सोमबार, कात्तिक १७, २०८२

पाकिस्तानी परमाणु बमका पिता अब्दुल कादिर खानको निधन

पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ।
 |  आइतबार, असोज २४, २०७८

बीबीसी

बीबीसी

आइतबार, असोज २४, २०७८
Kumaribank
Metro Mart

इस्लामावाद- पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ। लामो समयदेखि  कोभिड-१९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो।

सन्  १९७० को दशको शुरवात्मा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउँने  दिशातर्फ डोर्याउँन उनको महत्त्वपूर्ण भूमिका रहेको छ।   पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशीद अहमदले  राजधानी इस्लामावादको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन्।  

उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हजारौँको सङ्ख्यामा सर्वसाधारण जनताको उपस्थिति रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। राजकीय सम्मानसाथ उनको अन्तिम विदाइ गरिएको छ। साथै उनको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइएको, स्थानीय प्रशासनले जनाएको छ।  

प्रकाशित: Oct 10, 2021| 19:50 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।