सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मलाई आलोचना गर्नुस तर दश बर्षपछि तपाइलाई लाज नहोस : ओली 

मलाई आलोचना गर्नुस तर दश बर्षपछि तपाइलाई लाज नहोस : ओली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई आलोचना गर्न सबैलाई छुट भएको बताएका छन् । जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

आलोचना गर्नुस, सुझाव दिनुस तर तपाइले गरेको आलोचना दश बर्षपछि जस्ताका त्यस्तै  हेर्दा तपाइलाई लाज नहोस’ ओलीले भने। उनले आफुले रेल  र पानी जहाजका कुरा गर्दा  हावादारी गफ भन्नेहरुले सबै तहका निर्वाचनमा यी नारा दिएको उनले बताए। 

आफुले नेपालको पानी जाहाजको कुरा गर्दा कागजको पानी जाहाज बनाएर सडकमा प्रदर्शन गरिएको भन्दै ओलीले भने, ‘अलिकति पैसा नपुगेर पानी जाहाज सञ्चालनमा ढिलाइ भएको हो, आउने पुस १६ बाट त्रिवेणी चतरा धामबाट त्यो सञ्चालन हुन्छ’। 

प्रधानमन्त्री ओलीले शुरुमा काम गर्नेले यस्तै आलोचना भोग्नु पर्ने बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।