बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भ्रष्टाचार अभियोग लागेपछि अस्ट्रियाका चान्सलरद्वारा राजीनामा

भ्रष्टाचार अभियोग लागेपछि अस्ट्रियाका चान्सलरद्वारा राजीनामा

अस्ट्रियन चान्सलर सेबास्टियन कुर्जलाई भ्रष्टाचारको अभियोग लागेपछि पदबाट राजीनामा दिएका छन्।
 |  आइतबार, असोज २४, २०७८

बीबीसी

बीबीसी

आइतबार, असोज २४, २०७८

अस्ट्रिया- अस्ट्रियन चान्सलर सेबास्टियन कुर्जलाई भ्रष्टाचारको अभियोग लागेपछि पदबाट राजीनामा दिएका छन्। उनले रिक्त रहेको चान्सलर पदका लागि विदेशमन्त्री एलेक्सान्डर चालेनबर्गलाई प्रस्ताव गरेका छन्। 

National life

चान्सलर कुर्जसँगै अन्य नौजनामाथि भ्रष्टाचार अभियोगको अनुसन्धान भइरहेको छ। उनले आफूमाथि लागेको भ्रष्टाचार अभियोग खारेज गरिरहेका छन्। 

उनमाथि सरकारी रकक ट्वाबलोइड पत्रिकाहरुलाई सरकारको सकारात्मक समाचार लेख्‍नका लागि वितरण गरेको आरोप लागर्को थियो। 

उनका जुनियर सहयोगी ग्रिनले कुर्जविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका थिए। तर, उनले अविश्‍वासको प्रस्ताव आउनुअघि नै राजीनामा दिने गरेको निर्णय भाइस-चान्सलर र ग्रिनले स्वागत गरेका छन्। 

उनले विदेशमन्त्री चालेनबर्गसँग काम गर्न इच्छुक भएको र उनीसँग निकै रचनात्मक सम्बन्ध रहेको पनि ग्रिनले बताएका छन्। 

Laxmi sunrise bank
kumari

कुर्जले राजीनामा घोषणा गर्दै भने, 'अहिले हामीलाई स्थायित्व चाहिएको छ। अहिलेको गतिरोध अन्त्यका लागि मैले राजीनामा घोषणा गरेको हो।' 

उनले आफू कन्जरभेटिभ पार्टीको नेता र सांसद् रहिरहनेसमेत बताएका छन्। 

प्रकाशित: Oct 10, 2021| 18:35 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।