शुक्रबार, असोज २३, २०८३

यसरी बनेको थियो- ‘दसैं आयो' गीत

दसैं आउनै लाग्दा बज्नेमध्येको एक गीत हो 'दसैँ आयो'। शेखर कोइराला निर्मित नेपाली फिल्म 'मुग्लान' मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- दसैं आउनै लाग्दा बज्नेमध्येको एक गीत हो 'दसैँ आयो'। शेखर कोइराला निर्मित नेपाली फिल्म 'मुग्लान' मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ। दसैँ आइसकेपछि यो गीत नसुन्ने र ननाच्ने कमै होलान्।

१८ वर्ष अगाडि तयार भएको यो गीतले क्यासेट हुँदै डिजिटल पुस्तासम्मलाई आफ्नो स्राेता तथा दर्शक बनाइसकेको छ। गीतमा सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द र अमुल कार्कीको एरेन्ज  छ। 

गीतको अडियो जति कर्णप्रिय छ, भिडियो उत्तिकै आकर्षक पनि छ। गीतको अडियोले दसैँको आभास दिलाउँछ भने भिडियोले दसैँको रमझम देखाउँछ। यो गीत तयार गर्दा कथाअनुसार गर्नुपर्ने भएकोले संगीतकार अधिकारीलाई सहज थिएन। 'निर्देशक शिव रेग्मीले चरी र रि भन्ने शब्द ल्याउनु भएको थियो , त्यसमा मैले रहैरहै थपेँ र त्यसलाई गीतको आकार दियौँ', अधिकारीले भने। 

यो गीतको ऐरेन्ज नेपालमा गरिएको थियो भने रेकर्ड मुम्बईको शान स्टुडियोमा भएको थियो। गीत रेकर्ड गराएपछि मुम्बईमा गायक उदितनारायण झा र गायिका दिपानारायण झाले यो गीतकाे प्रशंसा गरेका थिए। 'सुरेशजी गीत त धेरै गाइयो तर हामीलाई आउँदो पुस्तासम्म पुर्‍याउनेमध्येको एक गीत यो हुनेछ' उदीतले दिएको प्रतिक्रिया अहिले सिद्ध भएको संगीतकार अधिकारी बताउछन्। 

उनी पुग्ने प्राय: ठाउँमा दसैँ अगाडि र पछाडि केहि समय यो गीत सुन्ने गरेका छन्। 'गीतले मलाई जीवन्त राख्नेमा दुइमत छैन ' अधिकारी भन्छन् ,'गीतको शब्द, संगीत, स्वरसँगै तयार भएको भिडियोले यसलाई प्रिय बनाउएको छ।' - न्युज कारखाना

प्रकाशित: Oct 10, 2021| 18:14 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।