शनिबार, चैत ७, २०८२

५९६ संक्रमित थपिँदा १० को मृत्यु, ८७१ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस अवधिमा संक्रमणका कारण १० जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ। मन्त्रालयका अुनसार ८७१ जना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १५ हजार २४ छ।

संक्रमितमध्ये ३२२ जना आईसीयूमा छन् भने ११३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै १३ हजार ८५९ जना संक्रमित होम आइसोलेसनामा छन्। संस्थागत आइसोलेसनमा रहेका संक्रमितको संख्या ११६५ छ। यस्तै २३४ जना संक्रमित क्वारेन्टिनमा छन्।
नेपालमा आजसम्म ८ लाख ९५ हजार १९२ जना कोरोना संक्रमित भएका छन्। यस्तै ७ लाख ७५ हजार ९४३ जना निको भएका छन्। निको हुने दर ९६.७ प्रतिशत रहेको मन्त्रालयको विवरणमा जनाइएको छ। आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ७८ हजार ९२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। आजसम्म गरी पहिलो मात्रा खोप लगाउनेको संख्या ८२ लाख दुई हजार ५०२ रहेको छ भने ६४ लाख ५० हजार ६४४ जनाले पूर्ण मात्रा लगाएका छन्।

प्रकाशित: Oct 10, 2021| 18:08 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्