बिहीबार, भदौ ४, २०८३

सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

नवरात्रको पहिलो दिन गत बिहीबारदेखि सप्तरीका शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

सप्तरी- नवरात्रको पहिलो दिन गत बिहीबारदेखि सप्तरीका शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो लागेको  छ। बिहानैदेखि भगवतीको दर्शन तथा पूजाआजा गर्न  शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्दै आएका छ।

राजविराज-७ कि पूजा यादवले भनिन्,´दसैँको चहलपहल रमाइलो नै पूजापाठ हो। दशै सुरू भएदेखि प्रत्येक वर्ष मन्दिर आएर पूजा नगरेसम्म चित्तै बुझ्दैन।'

गत वर्ष कोरोनाको कारण उनी मन्दिर आउन सकेकी थिइनन्। यस पटक भने घटस्थापनाकै दिनदेखि जिल्लमा भएको सबै शक्तिपीठहरूमा पूजा गर्नका लागि पालैपालो पुग्ने उनको लक्ष्य छ।

राजविराज -७ कि मीना दास बिहानै उठ्छिन्। नुहाइधुवाइ गरी घरको पूजाआजा सकेर मन्दिरतिर लाग्छिन्। मन्दिरहरूमा पूजा गरेर मात्रै घर फर्किन्छिन्।

उनी  भन्छिन्, ´अन्य समयमा चाहेर पनि मन्दिर जान सकिँदैन। कोरोनाले गत वर्ष पनि जान सकेकी थिइँन्। यस पटक  छिन्नमस्ता, कंकालनी, राजदेवी र चण्डी भगवती मन्दिर पुगिसकेँ।'

राजविराज-७ बस्ने ७५ वर्षीया गंगादेवी श्रेष्ठ दुई वर्षपछि घटस्थापनादेखि नियमित मन्दिर गइरहेकी छिन्। उनले भनिन् ,´ मेरो घर नजिकै भगवती मन्दिर छ ।दिनहुँ मन्दिरमा पूजा गरेर मात्र मेरो खाने बानी छ।' 

कोरोना महामारीले दुई वर्षदेखि उनी मन्दिर जान पाएकी थिईनन्। मन्दिर जान नपाउँदा के पुगेन,के पुगेन,जस्तो उनलाई लाग्थ्यो। तर, अहिले दसैँको बहानामा दिनँहु मन्दिर जान पाउँदा आनन्द लागेको उनको भनाइ छ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता भगवती मन्दिर, भारदहस्थित कंकालनी मन्दिर, राजविराजस्थित राजदेवी चण्डी भगवती मन्दिर, बोदेबरसाईनको दुर्गा मन्दिर लगायतका शक्तिपीठहरूमा भक्तजनक‍ो भिड लागेको छ।   -न्युज कारखाना 


 


 

प्रकाशित: Oct 10, 2021| 11:09 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।