बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • किसानलाई गाडीले किचेर मारेको आरोपमा भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

किसानलाई गाडीले किचेर मारेको आरोपमा भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ।

National life

गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको हो। उनीमाथिउत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको तिकुनियामा आफ्ना बुवालाई कालो झन्डा देखाउन खोज्ने किसानलाई गाडीले किचेर मारे अभियोग लागेको छ।

१२ घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको डीआईजी उपेन्द्र अग्रवालले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनीविरुद्ध सोमबार अदालतमा सुनुवाइ हुनेछ। 

उनीमाथि हत्या, दुर्घटनामा ज्यान लिएको र सवारी चलाउन लापरवाही गरेको आरोप लगाइएको छ।

गत साता तिकुनीयामा प्रदर्शनमा उत्रिएका किसानलाई मिश्रासहितले गाडीले किचेको दाबी गरिएको छ। उक्त घटना र त्यसपछि भड्किएको हिंसामा आठ जनाको ज्यान गएको थियो।

- एजेन्सी

प्रकाशित: Oct 10, 2021| 08:32 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।