सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका सात ठाउँ बाहेक अन्त सभा-जुलुस गर्न नपाइने

काठमाडौंका सात ठाउँ बाहेक अन्त सभा-जुलुस गर्न नपाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-सरकारले काठमाडौंका सात ठाउँबाहेकका स्थानमा सभाजुलुससहितका सार्वजनिक कार्यक्रम गर्न निषेध गरेको छ । गृहमन्त्री रामबहादुर थापाले राजधानीलार्इ थप व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय लिएको बताए । 

यो व्यवस्थाका बारेमा सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै मन्त्री थापाले भने, ‘हामीले देशको शान्ति सुरक्षा र सवारी साधनको व्यवस्थापनका लागि सात ठाउँमा मात्र कार्यक्रम गर्न पाउने व्यवस्था गरेका हौं । अन्यन्त्र ठूलो भेलासहितका कार्यक्रम भए कारबाही हुनेछ ।’

कहाँ कहाँ कार्यक्रम गर्न पाइन्छन् ? 

सरकारले उपत्यकाका १४ स्थानमध्ये काठमाडौंका सात, लतिपुरका ६ र भक्तपुरको एक स्थानलाई सार्वजनिक कार्यक्रम गर्न पाइने स्थान तोकेको छ । काठमाडौंको खुल्लामञ्च, तीनकुनेको खुल्ला चौर, टुँडिखेल, पेप्सिकोलाको खुल्ला चौर, सानो गौचरण, सिफलको गौचरन, लैनचौरस्थित समाजकल्याण परिषदको कार्यालय परिसरमा मात्र सभा जुलुस गर्न पाउने व्यवस्था लागू गरेको हो । 

त्यस्तै सभा जुलुसका लागि ललितपुर जिल्लाका ६ स्थान तोकिएको छ । ललितपुरको च्यासल खेलमैदान, गोदावरीको बसपार्क नजिकैको खुल्ला ठाउँ, भैंसेपाटी, बज्रबाराहीको खुल्ला चौर, लुवुको लामाटार र धोवीघाटको महापोखरीलाई सभाजुलुस गर्ने स्थानको रुपमा तोकेको छ । 

त्यस्तै भक्तपुरमा भने सल्लाघारीस्थित नेपाल ट्रस्टको खुल्ला स्थानमा मात्र कार्यक्रम गर्न पाउने व्यवस्था लागू गरेको छ । 

सरकारले माइतीघर मण्डलालगायतका सर्वसाधारणको चहलपहल रहने, सवारी साधनको जक्सन क्षेत्रमा सभा जुलुस गर्न नपाउने योजना ल्याएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको विरोध गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।