बिहीबार, भदौ ४, २०८३

हरेक चारमध्ये एकमा मानसिक स्वास्थ्य समस्या

आज १० अक्टोबर अर्थात् विश्व मानसिक स्वास्थ्य दिवस। यस वर्ष ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- आज १० अक्टोबर अर्थात् विश्व मानसिक स्वास्थ्य दिवस। यस वर्ष ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ। 

विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक सन् १९९२ मा विश्व मानसिक स्वाथ्य दिवस मनाएको थियो। त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष १० अक्टोबरमा यो दिवस मनाइन थालिएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक चारमध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइएको छ।

पछिल्लो समय मानसिक समस्या अर्थात् डिप्रेसन विश्वभर दोस्रो ठूलो रोगको रूपमा देखापरेको छ। पहिलो रोगमा भने मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या रहेका छन्।

त्यसतै सवारी दुर्घनापछि युवाको मृत्युको दोस्रो ठूलो कारणको रूपमा आत्महत्या देखापरेको छ। आत्महत्या गर्नेमा अधिकांश मानसिक रोगबाट ग्रसित हुने गरेको पाइएको छ। नेपालमा पनि आत्महत्या गर्नेमा ८५ प्रतिशत व्यक्ति मानसिक समस्याबाट ग्रसित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 

विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यको व्याख्या गर्दै स्वास्थ्य भनेको ‘पूर्ण शारीरिक, मानसिक र सामाजिक सन्तुलनको अवस्था हो’ भनेर व्याख्या गरेको छ।

स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई विशेष गरी तीन चरणमा विभाजन गरिन्छ। यसको पहिलो, दोस्रो र तेस्रे चरण हुन्छ। तर, यी सबै चरणका मनानसीक रोगीहरू परामर्श तथा औषधि सेवनबाट निको भने हुन्छन्।

बढी एकान्त रुचाउने, मन स्थिर नहुने, मनको भँडासलाई कराएर निकाल्न मनलाग्नु  मानसिक स्वास्थ्य समस्याको केहि लक्षण हुन्। बढी तनाव दिनाले पनि मानसिक समस्या हनसक्छ।

- न्युज कारखाना

प्रकाशित: Oct 10, 2021| 06:56 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।