शनिबार, चैत ७, २०८२

बिहानै लामो श्‍वास लिनुका चार फाइदा

राम्रोसँग श्‍वासप्रश्‍वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ। बिहान ५ मिनेट जति लामो श्‍वास लिने छाड्ने गर्नुपर्छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- श्‍वासप्रश्‍वास एउटा अनियन्त्रित प्रक्रिया हो। श्‍वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन। 

National life

तर, राम्रोसँग श्‍वासप्रश्‍वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ। बिहान ५ मिनेट जति लामो श्‍वास लिने छाड्ने गर्नुपर्छ।

यसरी गरिने श्‍वासप्रश्‍वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः

तनाबमुक्त: गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ। 

शरिरको विष फालिदिन्छः श्‍वासप्रश्‍वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निष्कासन गरिदिन्छ।

Laxmi sunrise bank
kumari

दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ। गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ।

अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ। 

प्रकाशित: Oct 10, 2021| 05:10 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्