न्युयोर्क- संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले शुक्रबार अंगोलासँग तीन मिलियन अमेरिकी डलर प्रदान गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ।
यूएनडीपी आवासीय प्रतिनिधि एडो स्टोर्क सँग हस्ताक्षर समारोहमा सहभागी हुँदै अंगोलाका अर्थव्यवस्था र योजना मन्त्री मारियो क्याटानो जोआले उक्त सम्झौताले अनौपचारिक अर्थव्यवस्थालाई पुनर्संरचना कार्यक्रम को दायरा भित्र ल्याउँन सहयोग पुर्याउने बताएका छन्।
अनौपचारिक अर्थतन्त्रमा यस्ता गतिविधिहरु हुन्छन् जसको बजार मूल्य हुन्छ तर औपचारिक रूपमा दर्ता वा नियमन हुँदैन। यो सामान्यतया विकासशील देशहरूमा अर्थव्यवस्थाको एक महत्त्वपूर्ण हिस्साको रूपमा रहेको हुन्छ।