मंगलबार, फागुन २६, २०८२

राजनीतिक संकट अन्त्यका लागि अफगान नागरिक समाजको आह्वान

अफगान नागरिक समाजका प्रतिनिधिहरूले पार्टीहरूलाई लडाइँ रोक्न र वार्ता तालिकामा फर्कन आह्वान गरेका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काबुल- अफगान नागरिक समाजका प्रतिनिधिहरूले पार्टीहरूलाई लडाइँ रोक्न र वार्ता तालिकामा फर्कन आह्वान गरेका छन्।

National life

मध्य अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको सहकार्यमा सञ्चालिते कार्यक्रमको श्रृङ्खलामा खासगरी पन्जशीर, परवान र कपिसा प्रान्तका धार्मिक संस्था, नागरिक समाज, महिला परिषद्लगायतका क्षेत्रमा प्रतिनिधित्व गर्ने वक्ताहरुले हिंसा, सशस्त्र द्वन्द्व र ज्यान गुमाउनुको कुनै औचित्य नरहेकोमा जोड दिएका हुन्। उनीहरुले सबै अफगानीहरूको हित शान्ति वार्ताको केन्द्रमा हुनुपर्ने बताए। 

अफगान अधिकारकर्मी शय्या महराबानले भने, 'महिला र युवा अफगान युद्धबाट बढी पीडित बनेकाले अब यो समूह नै युद्धको विपक्षमा हुने बहसमा अग्रसर हुनुपर्छ।'

'युवाले एक अर्कालाई विश्वस्त पार्नुपर्छ कि युद्ध यसको समाधान होइन। हामी सबै दुःख भोगिरहेका छौं र युद्धमा मारिएका छौं। युवाहरूबीचको बैमनस्यता रोकिएमा युद्ध अवश्य टुङ्गिन्छ।'

कापिसा प्रान्तीय परिषदका पूर्व सदस्य नजिबुल्लाह रहिमीले युद्धलाई शारिया र अन्तर्राष्ट्रिय कानूनहरूले निषेध गरेकोले युद्ध अन्त्य गन अबको पहिलो काम भएको बताए। उनले भने, 'युद्ध रोक्न आफ्नो भूमिका निर्वाह गर्नु हरेक अफगानको धार्मिक र नैतिक जिम्मेवारी हो। अफगानीहरूले लामो समय युद्धमा विताउनु परेको छ अब पनि युद्ध भए यसलाई अफगानी नागरिकले सहन सक्ने छैनन्।'

Laxmi sunrise bank
kumari

अर्का वक्ता शर्मिला बेगीले तर्क र शान्तिपूर्ण माध्यमद्वारा एकअर्काको विचारलाई सहनु र आदर गर्नु महत्वपूर्ण भएको जोड दिए। 

उनले अब अफगानिस्तानमा शान्तिको विकल्प नभएको भन्दै सबै जातीय, धार्मिक र क्षेत्रीय मतभेदहरूलाई वार्ताद्वारा सम्बोधन गरी युद्ध अन्त्य गर्नु देश र जनताको हितमा हुने बताए। 

अफगान महिला अधिकारकर्मी रोया साबेतले युद्धले हाम्रो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा नराम्रो असर पारेको र खासगरी महिलाका लागि बढी कष्टकर बनाएको स्मरण गरिन्

युद्धरत पक्षलाई एक अर्कालाई आक्रमण गर्ने काम रोकी नयाँ र समृद्ध अफगानिस्तान निर्माणमा जुट्न रोया सबेतले आग्रह गरिन्।

उक्त कार्यक्रममा पन्जशिरका धार्मिक विद्वान मौलावी अहमदुल्ला हाशेमिनाजादले भने, अफगानिस्तानका जनताले विश्वकै सबैभन्दा लामोमध्येको एक युद्ध लडेको र यसका कारण अफगानिस्तानले ठूलो क्षति ब्यहोरेको बताउँदै अब पनि अफगानिस्तानमा युद्ध जारी रहनु दुर्भाग्य हुने बताए। 

विभिन्न संस्था र मानवअधिकार तथा प्रवुद्ध व्यक्तिहरुसँग सहकार्य गरेको युएनएले सुविधा सम्पन्न रेडियो श्रृङ्खलाको आयोजना तथा प्रशारण गरेको हो। 

प्रकाशित: Oct 09, 2021| 23:30 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।