मंगलबार, फागुन २६, २०८२

बेलायत र खाडी राष्ट्रबीचमा व्यापार सम्झौताका लागि छलफल

बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल भएको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

लन्डन- बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल भएको छ। अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन्।  

National life

'छलफल निकै राम्रो, सकारात्मक र उत्साहजनक भएको छ,' बहराइनका उद्योग, व्यापार तथा पर्यटन मन्त्री जायद बिन रशिद अल जायनीले भने।

बेलायत र साउदी अरब, संयुक्त अरव इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमनका बीचमा सम्झौता गर्नेगरी छलफल भएको हो। 

बहराइनका मन्त्री जायनीले भने, 'हामीले संयुक्तरूपमा काम गर्नेगरी नयाँ अध्यायको सुरुवात गर्न लागेका छौँ, व्यापारीक साझेदारी, लगानी र सहकार्यको वातावरण बन्ने विश्वास छ।' यस्तो व्यापार सम्झौता बेलायत र गल्फ कोअपरेसन काउन्सीलका सदस्य राष्ट्रहरु सवैका लागि राम्रो अवसर भएको पनि उनले बताए।

युरोपेली संघबाट बेलायत बाहिरिएपछिको परिस्थितिलाई मध्यनजर गर्दै खाडी मुलुकहरु र बेलायतका बीचमा व्यापार सम्झौता गर्ने तयारी भएको हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 10, 2021| 00:05 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।