मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिका-चीनका प्रमुख व्यापार प्रतिनिधिबीच वार्ता, 'वैध चिन्ता समाधान गरिने'

अमेरिका-चीनका प्रमुख व्यापार प्रतिनिधिबीच वार्ता, 'वैध चिन्ता समाधान गरिने'

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

वाशिङ्टन- अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन्।

National life

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सम्बन्ध बिग्रिएपछि विश्वका दुई ठूला अर्थतन्त्रका मुख्य व्यापार प्रतिनिधिबीच भएको यो दोस्रो परामर्श हो। यी दुई अधिकारीबीच यस पहिले गत मेमा पनि दुई देशबीचको व्यापार सम्बन्धबारे छलफल भएको थियो। 

अमेरिकी व्यापार प्रतिनिधिले शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “उनीहरूबीचको सोहाद्रपूर्ण आदानप्रदानका क्रममा राजदूत ताई र उपप्रधानमन्त्री लिउले द्विपक्षीय व्यापार सम्बन्धको महत्व र यसले संयुक्त राज्य अमेरिका र चीनलाई मात्र नभई विश्व अर्थतन्त्रमा समेत पारेको प्रभावलाई मनन गरेका छन्।”

यस छलफलबारे चिनियाँ राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले दुई पक्षले ‘व्यावहारिक र रचनात्मक कुराकानीलाई सोहाद्रपूर्ण वातावरणमा आदान–प्रदान गरेका बताएको छ। वार्तामा दुवै पक्षले आफ्नो मुख्य चिन्ता व्यक्त गरेका र परामर्शद्वारा एकअर्काको वैध चिन्ताहरू समाधान गर्न सहमत भएका सिन्ह्वाले बताएको छ।

शुक्रबारको छलफल ‘संयुक्त राज्य अमेरिका र चीनको लागि जिम्मेवाररूपमा व्यवस्थापन गरिएको व्यापारिक सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता गर्ने अवसर रहेको एक अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए।

Laxmi sunrise bank
kumari

चिनियाँ पक्षको ‘गैर–बजार नीति र अभ्यास’ले अमेरिकी श्रमिक, किसान र व्यवसायलाई हानि पुर्‍याएको अमेरिकी बुझाइ रहेको ताईको भनाइ छ। 

बाइडेन प्रशासनका अनुसार राष्ट्रिय कम्पनीहरूका लागि चीनले आफ्ना उद्यमीहरूलाई उपलब्ध गराएको बृहत् सरकारी अनुदान, बौद्धिक सम्पत्ति चोरी र अन्य कारकहरूले व्यापारिक जगतमा अत्यधिक असमानता पैदा गरेको देखिएको छ। 

वासिङ्टनले ‘अन्यायपूर्ण’ ठानेका व्यापारिक अभ्यासलाई उद्धृत गर्दै सन् २०१८ मा ३७० अर्ब डलर मूल्यका चिनियाँ उत्पादनमा कर लगाउने निर्णय तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए। तर धेरै अमेरिकी कम्पनीहरूले ट्रम्प प्रशासनकोे उक्त कदमले लागत बढाएको भन्दै थप कर लिने निर्णयको विरोध गरेका थिए। 

यसै वर्षको जनवरीमा कार्यभार सम्हालेका बाइडेनले ताईलाई चीनप्रति अमेरिकी व्यापार रणनीति र ट्रम्पले सुरु गरेको करको विस्तृत समीक्षा गर्न आग्रह गरेका छन्।

यस हप्ता ताईले ‘लक्षित शुल्क रोक्ने प्रक्रिया’ को थालनी गर्ने घोषणा गरेका थिए। ताईले सद्भावना इशाराभन्दा चीनलाई आपूर्तिको वैकल्पिक स्रोत नभएका अमेरिकी कम्पनीहरूलाई ‘क्रमवद्धरूपमा छूट प्रदान गर्ने कुरा बताए। 

अमेरिकी व्यापार वार्ता टोलीले चीनको अमेरिकी सामानमाथिको कर नीतिको बारेमा सार्वजनिकरूपमा जानकारी गराउने बताएको छ। 

यो प्रक्रियालाई अक्टोबर १२ देखि डिसेम्बर १ सम्म चलाउने र यूएसटीआरले रोजगार, आपूर्ति श्रृंखला र चीनप्रति यसको समग्र नीति लगायतका कारकहरूमा थप कर र सामान बहिष्कारको प्रभावलाई तौलने कुरा बताएको छ। 

ताईले अमेरिकी हितको सर्वोत्तम सेवा गर्ने नीति पछ्याउने बाइडनको लक्ष्यलाई दोहोर्‍याएका थिए। 

प्रकाशित: Oct 09, 2021| 22:00 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।