सोमबार, कात्तिक १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इरानका पूर्वराष्ट्रपति अबुलहसन बनीसद्रको फ्रान्समा निधन

इरानका पूर्वराष्ट्रपति अबुलहसन बनीसद्रको फ्रान्समा निधन

सन् १९७९ को इस्लामी क्रान्तिपछि इरानमा पहिलो राष्ट्रपति बनेका अबुलहसनको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो।
 |  शनिबार, असोज २३, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज २३, २०७८

पेरिस- इरानमा पूर्वराष्ट्रपति अबुलहसन बनीसद्रको फ्रान्समा निधन भएको छ। सन् १९७९ को इस्लामी क्रान्तिपछि इरानमा पहिलो राष्ट्रपति बनेका अबुलहसनको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो। 

Kumaribank

उनी सन् १९८० मा राष्ट्रपति चुनिएका थिए। सत्ता सम्हालेको १६ महिनापछि नै मुलुकमा बढ्दो धर्मगुरुहरुको शक्तिलाई नियन्त्रण गर्ने प्रयास गरेपछि उनीविरुद्ध महाअभियोग लगाएर पदच्युत गराइएको थियो।

त्यसपछि उनी मुलुक छोडेर फ्रान्समा बस्दै आएका थिए। उनको परिवारका अनुसार अशुलहसनको निधन पेरिसस्थित एक अस्पतालमा भएको हो। उनी लामो समयदेखि बिरामी थिए। 

सन् १९६० मा इरानमा राजसत्ताको विरोध गरेको भन्दै उनलाई जेल हालिएको थियो। उनी त्यसपछि फ्रान्समा रहेका अयातुल्लाह अलि खामेनीको सल्लाहकार बनेका थिए। 

क्रान्तिका समयमा खामेनी र अबुलहसन सँगै तेहरान फर्किएका थिए। उनी इरानमा वित्त र विदेशमन्त्रीसमेत बनेका थिए। 

Metro Mart

प्रकाशित: Oct 09, 2021| 21:40 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।